काठमाडौं । कोरोना महामारीबीच सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा डरलाग्दो तरिकाले अनियमितता भएको खुलेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेको देख्न सकिन्छ ।

परीक्षा हलमा विद्यार्थी भन्दा अरु कोही निरीक्षक पनि छैनन । भिडियो खिच्ने विद्यार्थीले अरुलाई देखाउँदै आफुले पनि त्यसरी नै परीक्षा सिध्याएको बताइरहेका छन् ।

यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ । परीक्षामा स्मार्टफोनबाट उत्तर लेखिरहेको भाइरल भिडियोबारे हामीले राष्ट्रिय परीक्षा बोर्डले पनि बयान दिएको छ । थप भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु