काठमाडौ । चितवनको नारायणगढ स्थीत सेन्ट्रलपाम होटलमा सहयोगी सहित रहेका पुर्व युवराज पारश शाहमा अचानक मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलिले होटलमै पुगेर उपचार गरेको छ ।

चितवन मेडिकल कलेजका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा स्याम राज रेग्मीको नेतृत्वमा ६ जनाको टोली होटलमा पुगी शाहलाई रुममै राखेर उपचार गरेको हो ।

अहिले शाहाले केही सहज महसुस भएको बताएको र रुपमै आराम गरिरहेको डा रेग्मीले बताए । बढि समस्या देखिएमा अस्पतालमै लगेर उपचार गरिने रेग्मीले बताए ।

 

सम्बन्धित खबरहरु