काठमाडौ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखानाचोक डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ घर भएकी ४२ वर्षीया सरीता थापा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

 

यसैगरी काठमाडौं महानगरपालिका-३० डिल्लीबजार डेरा गरी बस्ने बारा घर भएका ३६ वर्षीय रोशन श्रेष्ठ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

यता स्याङजा, गल्याङ नगरपालिका-१ परेवा भिर मुनी कालिगण्डकी नदीको किनारमा पाल्पा तानसेन नगरपालिका-५ बस्ने ५० वर्षीय पिताम्बर कार्की मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ सान्नानटारस्थित राप्ती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

उता भंगाहा नगरपालिका-९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । सोही नगरपालिका(४ कोबिबारीस्थित काउली खेतमा विद्युतिय तारको घेरा लगाई राखेकोमा उक्त स्थानबाट हिँडने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु