कञ्चनपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा एक ब्यक्ति पाँचवटा गोली लागेको अवस्थामा फेला परेका छन्। प्रहरीले ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते भएको अवस्थामा फेला परेक हो।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पौडेलको दाहिने खुट्टाको तीघ्रामा थप २ वटा र ढाडमा ३ वटा गोली लागेको छ।

 

 

पौडेल बुधबार राति साढे ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ लमही नगरपालिका–९ को च्याउ खोलामा गोली लागेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

 

पौडेललाई कसबाट गोली लागेको हो भन्ने खुलेको छैन। घाइतेको बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचार भइरहकेको छ। उनी वन्यजन्तुका लागि जंगल गएको र त्यहाँ सुरक्षाकर्मीले गरेको हुनसक्ने आशंका पनि गरिएको छ।

 

 

सम्बन्धित खबरहरु