काठमाडौं । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चीनका राष्ट्रपति सि जिनपिङले बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा बिजयी भएका बाइडेनलाई बधाई सन्देश पठाएका हुन् । यो सन्देश विशेष हो किनभने विगत केहि वर्षदेखि डोनाल्ड ट्रम्प राष्ट्रपतिको रूपमा आएपछि अमेरिका र चीनको बिग्रेको सम्बन्ध अब सुधार हुने बताइएको छ ।

 

कोरोना भाइरस, व्यापार, दक्षिण चीन सागरमा दादागिरी, तिब्बत, हङकङ र शिनजियाङ्ग, अमेरिका र चीनमा मानवअधिकार उल्लंघनको आरोपलगायत विषयहरु विवादको रुपमा रहेका छन् । अमेरिकाले चीनको बिरूद्ध कडा कदम चालेको छ । यी सबै कुरा सि जिनपिङको बाइडेनलाई पठाइएको बधाई सन्देशमा झल्किन्छ ।

 

 

जिनपिङले सन्देशमा भनेका छन, ‘स्वस्थ र स्थिर चीन–अमेरिका सम्बन्ध दुवै देशका नागरिकहरूको हितमा छ र अन्तर्राष्ट्रिय समुदायको आशा पनि हो ।’ सि जिनपिङ आशा गरे कि दुबै पक्षले विवाद एक अर्काको सम्मान, दुबैको जीतका लागि सहयोग, लक्षित सहयोग र असहमति हटाउने सम्बन्धमा स्वस्थ र स्थिर सम्बन्ध स्थापित गर्नेछन् । दुबैले विश्व शान्ति र विकासको लागि अन्य देशहरूसँग काम गर्ने छन् ।

 

यद्यपि चुनावी भाषणहरुमा जो बाइडेनले पनि चीनको बारेमा कडाई देखाएका थिए । तर विश्व र विशेष गरी भारत, जसले लद्दाखमा चीनको घुसपैठ रोक्न कोशिस गरिरहेको छ, अब बाइडेन प्रशासनको चीनको नीति के हुनेछ भनेर हेर्छ ।

 

कडाई जारी रहन्छ वा तिनीहरू चीनप्रति नरम हुन्छन्, यो भारत को लागि धेरै महत्वपूर्ण रहेको छ । यसैले चीनका राष्ट्रपति सि जिनपिङले बाइडेनलाई पठाएको बधाई सन्देशले भारतमा हलचल पैदा भएको छ । चीनका राष्ट्रपति सि जिनपिङले त्यो बधाई सन्देश निक्कै महत्वपूर्ण कुटनीतिक नोटभन्दा तेजिलो भएको विश्लेषण भारतिय राजनीतिक विश्लेषकहरुले गरेका छन् ।

 

उनीहरुले भनेका छन् चीनका राष्ट्रपति सि जिनपिङ वास्तबमै कुटिल कुटनितिज्ञ हुन् उनले अमेरिकालाई समेत बाइडेनको कार्याकालमा आफ्नो वशमा ल्याउनेछन् । त्यो लक्षण बधाई सन्देश पत्रमा देखियो ।

 

 

सम्बन्धित खबरहरु