काठमाडौं । आमालाई भगवानको दर्जा विनाकारण दिइदैन । उहाँहरुले सन्तानका लागि गरेको त्याग र दिएको योगदानकै कारण साक्षत भगवान मानिन्छ । हरेक आमाहरु जस्तै एक आमा भेट्टिनु भएको छ । भारत, मध्यप्रदेशको लीलाबाई, पाल रोड, आगरमा यस्तै आमा फेला पर्नुभएको छ ।

 

आफ्नो पति गुमाए पनि उहाँले साहस गुमाउनु भएन । छोरा ब्रजेश व्यासलाई पढाउन उहाँले गरेको मेहनताको प्रशंसा नगर्ने कोही छैनन् । उहाँको छोरा आज भारतीय सेनामा कार्यरत छ । छोराले आमाको सपनाहरु पुरा गर्दैछन् ।

 

ब्रजेश महो रेजिमेन्टमा धार्मिक गुरुको रूपमा पोष्ट भएर भारतीय सेनाका सिपाहीहरूलाई प्रोत्साहन गर्दै छन् । लीलाबाईका पति शिवेन्द्र प्रसाद पुजारी थिए । यद्यपि उनले यसबाट कुनै विशेष आम्दानि गर्न सकेनन् । उनको केही समय पछि मृत्यु भयो । अब लीलाबाईले आफ्नो छोरा र चार छोरीको भविष्य उज्ज्वल बनाउने जिम्मेवारी लिनुपर्‍यो ।

 

सुरुमा, लीलाबाईले विभिन्न धार्मिक स्थानहरू सफा गर्नेदेखि विभिन्न जिम्मेवारी सम्हालीन् । धेरै आर्थिक फाइदा नभएकोले उनले एउटा शहरको स्कूलमा सहयोगीको रूपमा काम गर्नुपर्‍यो । त्यो कामबाट उनले अब अभिभावकलाई सम्भव नहुने बच्चाहरुलाई घरबाट स्कुल र स्कुलबाट घर पुर्याउने काम थालिन् ।

 

यसको साथ, उनले अरू बच्चाहरूलाई स्कूलमा ल्याउने काम गर्न थालिन् र घर छोड्ने पनि गर्न थालिन् । यसको सट्टामा, प्रत्येक बच्चाको आमाबुवाहरूले प्रतिमहिना एक रुपैयाँ तिर्ने गरेका थिए । बच्चाहरूलाई लिन लिन लीलाबाई करिब ५ देखि ६ किलोमिटर यात्रा गर्थिन् ।

 

यसको बाबजुद पनि, उनीहरूलाई घरको आवश्यकताहरू पूरा गर्न सम्भव हुँदैन थियो । राति र साँझ समेत उनले मजदुरी गरिन् । र एक छोरा र चार छोरीलाई राम्रो पढाइन् । अहिले सबै सन्तानले उच्च शिक्षा थालेका छन् । छोराले पढ्दै भारतिय सेनामा जागिर खाएका छन् । छोरा सेना भएपछि आमाको प्रसंशा चुलिएको छ । भारतिय मिडियामा उहाँ भाइरल बन्नुभएको छ ।

 

 

सम्बन्धित खबरहरु