काठमाडौं । नेपाली सेयर बजारमा रेकर्ड ब्रेक भएको छ । आज बिहीबार कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको हो । यो इतिहासकै उच्च बिन्दु हो ।

४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन ।

त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ । १२ बजेसम्म नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक सबै समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम पनि एक घण्टामा २ अर्ब नाघेको छ ।

सम्बन्धित खबरहरु