काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा व्यस्त रहेका छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेका छन् । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार (भोलि) उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय गरिएको छ । उनको भ्रमणका क्रममा दुई देशबीचको सीमा विवाद लगायत अन्य महत्वपूर्ण विषयहरुमा चर्चा भइरहेको छ ।

सम्बन्धित खबरहरु