काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि भारतले ठुलो सहयोग गर्ने बताएको छ । भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको स्पष्ट पारेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँगको भेटपछि यस्तो बताएका हुन् । उनले भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक भएको समेत जानकारी गराएका छन् । उनले खोप तयार भएसँगै नेपालको आवश्यकता भारतका लागि एक प्राथमिकता हुने बताएका हुन् ।

उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बीचमा अझ नजिकको सहकार्य आवश्यक भएको पनि प्रष्ट पारेका छन् । उनले विगतदेखि अहिलेसम्म कोरोनालाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका हुन् ।

सम्बन्धित खबरहरु