काठमाडौँ । अमेरिकामा अल्पआयुमै एक नेपाली डाक्टरको निधन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत ३३ वर्षका नेपाली डाक्टर रोशन झाको ३३ ह्दयघातका कारण निधन भएको उनी कार्यरत अस्पतालका साथीहरुले गो फण्ड मिको अकाउन्टमा लेखेका छन्।

रेजिडेन्ट फिजिशियनका रुपमा कार्यरत डाक्टर रोशनकी श्रीमती डेन्टिस्ट बिषयको अध्ययन गर्दैछिन । निधन भएको दिनमा पनि बिरामीको उपचारमा खटिएका डाक्टर रोशनकी श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्।

यो खबर आएपछि अमेरिकामा रहेका प्रवासी नेपालीहरु स्तब्ध भएका छन् । उनी सानै उमेरमा सामाजसेवामापनि सक्रिए थिए । नेपाली समाजमा केही समस्या आए उनी योगदान गर्न तयार रहन्थे ।

नेपाली भनेपछि हुरुक्कै हुने उनी नेपाली अनुहार जस्तो देखिने कोही अस्पताल पुग्दा बोलिहाल्थे । तर आजै मिलनसार, मिजासिला रोशनले सँधैका लागि सबैलाई छोडेर गए ।

सम्बन्धित खबरहरु