काठमाडौं । भारत, मुम्बईकी एउटी केटीले दिल्लीका दुई ढाबा मालिकमाथि गम्भीर आरोप लगाएकी छिन् । २७ वर्षीया पीडितका अनुसार उनीमाथि दिल्लीको एरोसिटी क्षेत्रमा रहेको एक पाँचतारे होटेलमा गरिएको थियो । पीडितको गुनासो पछि घटनामा संलग्न भएको आरोपमा एक ढाबाका दुई मालिकलाई पक्राउ गरिएको छ ।

पीडित महिलाका अनुसार उनले नोभेम्बर १८ र १९ आफ्नो फेसबुक मित्र मिकी मेहता र उनको साथी नवीनलाई भेटेकी थिइन् । तीन जना सँगै क्यानाट प्लेस भ्रमण गर्न गएका थिए । महिलाका अनुसार, जब उनी कारमार्फत होटल जाँदै थिइन् । त्यसबेला नवीनले उनीमाथि गलत व्यवहार गरेका हुन् ।

नवीनले त्यसपछि मिकी र युवतीलाई होटलको बाहिर छोडेका थिए । त्यसपछि उनीहरु होटलको कोठामा गएका थिए, जहाँ मिकीले युवतीमाथि गलत काम गरेका हुन् । घटना पछि आरोपीले ती केटीलाई आनन्द विहार क्षेत्रमा छोडेर त्यहींबाट फरार भएका थिए ।

पीडितको उजुरीका आधारमा प्रहरीले ५७ वर्षीय मिकी मेहता र ४६ वर्षीय नवीनलाई पक्राउ गरेको छ । मिकी लाजपत नगरमा बस्छन् जबकि नवीन साकेतमा बस्छन् । तिनीहरू सँगै सोनीपतमा एक ढाबा चलाउँछन् । जबकि पीडित महिला लेखहरु लेख्ने काम गर्छिन् । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु