
काठमाडौ । तपाई धेरैले सुन्नुभएको छ । साउदी अरबको कानुन अन्य देशकोभन्दा निकै कडा छ । अन्य देशमा सामान्य अपराध मानिने घटनामा पनि साउदीमा धर्तीबाट नै विदा पठाइने फैसला हुनसक्छ । आउनुहोस्, तपाईंलाई हामी १६ अपराधबारे जानकारी दिनेछौं, जसलाई साउदी अरबमा त्यस्तो कार्य गर्नेलाई धर्तीबाट नै विदा पठाइन्छ ।

१, कुनैपनि व्यक्तिको ज्यान सम्बन्धि उद्योगको योजना बनाएको पाईएमा
२, नियोजित ज्यान सम्बन्धि उद्योगको घटनामा
३, 'आ'तङ्क'वा'दी' 'ग'तिवि'धिमा संलग्न भएको पाईएमा
४, क'र'णी'मा
५, साउदीको कानुनले कल गर्ल वा ब्वाई बन्न बन्देज गरेको छ । यदि त्यस्तो पाइएमा ।
६, देशलाई क्षति पुर्याउन पाइने छैन । सरकारी सेवामा लागेका व्यक्तिलाई ज्यानसम्बन्धि उद्योग गरेमा ।
७, एउटै पहिचान बोकेकासँग सहमतिमा सम्बन्ध बनाएमा ।
८, कसैको सम्पत्तिमा आगो लगाएमा
९, डाका र लुटपाट गरेमा ।
१०, घरमा घुसेर या फोरेर चोरी गरेमा ।
११, प्रतिबन्धित बस्तु ओसार पोसार गरेमा
१२, देशको धर्मको आलोचना गरेमा या धर्मविरुद्धमा कुनै पनि प्रकारको दुर्भावना फैलाएमा
१३, सरकार या सेनासँग जोडिएको तथ्यसँग जासुसी गरेमा ।
१४, प्रतिबन्धित औषधी प्रयोग गरेमा ।
१५, जादु वा टुनामुना गरेमा यो धर्तीबाट नै विदा पठाइन्छ ।
१६, झक्याएमा छलकपट गरेमा ।