बीबीसी । लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा कल गर्ल व्यवसायमा सामेल हुन बाध्य पारिएको छ। लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई पक्रिइन्थ्यो र कल गर्लका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

 

कारोबार
आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ।

 

उसका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू निक्कै गाह्रो खेप्न बाध्य हुन्छन्।

 

पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा कल गर्ल व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर कल गर्ल सञ्चालकहरू कहाँ पुर्‍याइन्छ, प्रतिवेदनका लेखक युन हि–सुनले भने।

 

बारम्बार बेचबिखन
ती महिला तथा बालिकाहरू सामान्यतयाः १२ र २९ वर्ष बीचको उमेरका हुने गर्छन् भने कतिपय अझ साना। उनीहरूलाई ललाईफकाई गरिन्छ वा बाध्य पारेर बेचिन्छ। उनीहरूलाई चीनमै पक्राउ गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताहरूले ल्याउँछन्।

 

प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र तिनलाई कुनै न कुनै किसिमको कल गर्लको रूपमा काम गर्न बाध्य पारिन्छ। कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिन्छ।

 

धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर–पूर्वी क्षेत्रमा रहेका कल गर्ल पाइने ठाउँहरूमा अधिकांशलाई कल गर्ल रुपमा राखिन्छ। साइबर कल गर्ल उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने कल गर्लको कार्य गर्न बाध्य पारिन्थ्यो। ती दृश्यका ग्राहक खासगरि दक्षिण कोरियाली हुने गरेको ठानिन्छ।

 

बिहे गर्न बाध्य पारिएका महिलाहरूलाई खास गरेर ग्रामीण भेगमा बेचिन्छ जहाँ तिनलाई तिनका पतिले अनेकौँ गर्छन्। उक्त समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी सङ्कलन गरेको बताएको छ।

सम्बन्धित खबरहरु