काठमाडौ । अस्ट्रेलियामा २० बर्षीय प्रवीण मैनाली स्टूडेण्ट भीसामा सन् २०१८ को नोभेम्बरमा अस्ट्रेलिया पुगेका थिए । राम्रो भविष्य बनाउने सपना बोकेर उनी लाखौ खर्च गरेर अस्ट्रेलिया आएका थिए । तर कानूनको खिलाप गरेपछि उनको सबै सपना चकनाचुर भएको छ ।

 

अस्ट्रेलियाको एनएसडब्ल्यू पुलिसले उनलाई अस्ट्रालियाका बौद्धिक नागरिकलाई ठगी गरेको अभियोगमा प्रवीणलाई पक्रिएको थियो । उनी सरकारी सेवानिवृत्ति अस्ट्रेलिया नागरिकको घरमा बसेर अस्ट्रेलियाका नागरिक ठगी गर्ने कार्यमा सक्रिए थिए । यही अभियोगमा पक्राउ परेका थिए । उनलाई ५ मार्च २०२० मा बर्नवुडको स्थानीय अदालतले उक्त अभियोगमा दोगाी ठहर गरेको थियो ।

 

प्रवीण र उनका साथीले एकसाथ बस्ने बहाना एक ८६ वर्षीय व्यक्तिलाई घरमा बोलाए । उनको आतिथ्यता स्वीकार गरेर गएका उक्त व्यक्तिको बैकिङ्ग कार्डको एक्सेस लिए । सूचना प्रविधिका विद्यार्थी मैनालीले ती बृद्धलाई साथी जस्तै बनाएका थिए ।

 

उनीहरु एकसाथ कार्डबोर्ड खेल्थे । रिटायरमेण्ट उनी कार्डबोर्ड संकलन गर्ने अपेक्षाले त्यहाँ पुगेका थिए । जोश नाम गरेका उक्त व्यक्तिसँग प्रविणले मास्टरकार्ड र पिन विवरण स्वाईप गर्नका लागि मागेका थिए । तर उनले स्वाईप गर्नुको सट्टा एटीएमबाट ४००० डलर नगद निकाले ।

 

८६ वर्षीय पिडितले जनवरीमा आफ्नो बैक अकाउण्ट जाँच गरे । त्यतिबेला ४००० डलर रकम हराएको थाहा भयो । उनले प्रहरीमा उजुरी दिए । प्रहरीको उजुरीमा ती बृद्धले आफ्नो बैक कार्ड र पिन केही समयका लागि प्रविणले लगेको खुलाएका थिए ।

 

त्यही उजुरीको आधारमा मार्चमा पुलिसले प्रवीणलाई बर्डवुडमा गिरफ्तार गरेको थियो । त्यसपछि धोकापूर्ण तरिकाले वित्तीय लाभ प्राप्त गरेको अभियोगमा अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्धामा प्रवीणले उक्त ठगी गरेको हैन भन्ने अस्वीकारका केहीपनि आधार दिन सकेनन् ।

 

यसैले उनलाई दस काउण्टका लागि अदालतले दोषी ठहर गरिदियो । बृद्धलाई सहमत गराएर स्वाइप परेको र पछि निकालेको गरेर प्रवीणले जम्मा ४५३७ डलर निकालेको सीसीटिभी फुटेजमा प्रमाणित भएको छ ।

 

यो प्रमाण देखेपछि स्थानीय अदालतले ५ मार्चमा प्रवीणलाई जमानत दिन समेत अस्वीकार गरेको थियो । अब अदालतको फैसला अनुसार उनी १४ अप्रिल २०२१ सम्म जेलमा बस्नेछन् । उनले ठगेको रकम तिर्नेछन् । र सम्भवत नेपाल फर्काइनेछन् ।

 

 

सम्बन्धित खबरहरु