काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा रद्द नभएको स्पष्ट पारेको छ। मंसिर ११ गते संचालित फिजिक्स विषयको परीक्षा रद्द गरेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको एक सूचना देखिएको भन्दै परीक्षा रद्द नभएको जानकारी बोर्डले गराएको हो।

परीक्षा बोर्डले भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएकाले त्यसको पछि नलाग्न समेत भनिएको छ। कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समय परीक्षा स्थगित भएको थियो। स्थगित भएको परीक्षा मंसिर ९ गतेदेखि संचालनमा आएको हो।

राष्ट्रिय परीक्षा बोर्डको सूचना यस्तो छ ।

 

सम्बन्धित खबरहरु