भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले उक्त तस्विरलाई बनावटी पनि भने । तर यो सत्य हो ।

खार्तम्छा निवासी ७७ बर्षिय राईलाई परालमा सुताएर स्लाइन पानी दिइएको झुटो हैन साँचो हो । उनी दशैं अगाडिदेखि बिरामी थिए । उनको घरमा उपचारका लागि ओछ्याउने एउटा तन्ना पनि छैन । मंसिरको जाडोमा उनी सुत्ने ठाँउमा पराल बाहेक केही थिएन ।

 

उनी सामान्य खालको खास्टोको भरमा रात कटाउन विवस छन् । परालमै राखेर स्लाइन पानी दिएर उपचार गरेका राईको श्रीमतीको मृत्यु केही बर्ष पहिलेनै भइसकेको छ । अहिले उनको एक मात्र छोरा छन् सुस्त मनस्थिति अवस्थाका । ७७ बर्षिय राई बस्ने सामान्य कटेरो मात्रै छ । उनी कर्तब्य ज्यान मुद्दामा १७ बर्ष कारागार बसेर निस्किएका हुन् ।

 

नगरले निशुल्ल घर बनाइ दिने

जीर्ण घरमा बस्दै ७७ बर्षिय राईलाई षडानन्द नगरपालिकाले नयाँ बनाइ दिने भएको छ । यो तस्विर बाहिरिएपछि नगरले चासो दिएको छ । उनलाई नगरले चाडै निशुल्क घरको पनि ब्यवस्था गरेर नयाँ घरमा सार्ने षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिएकी छन् । नगरपालिकाले ७७ बर्षिय बृद्धलाई नयाँ घरमा राख्न खार्तम्छाकै स्थानियलाई घर बनाउने जिम्मा दिएको उपमेयर राईले जानकारी बताइन् ।

 

सामाजिक सञ्जालमा ७७ वर्षीय बृद्ध राईको परालमा राखेर स्लाइन पानी दिइरहेको फोटो देखेपछि अवस्था बुझ्न षडानन्द नगरपालिकाका मेयर बीरबल राई र उपमेयर मेरिका राई बुधबार खार्तम्छा पुगेका थिए ।

 

स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार साँझ खार्तम्छाको चिचिला पुगेको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिएकी छन् । ‘सामाजिक सञ्जालमा पराल माथि राखेर स्लाइन पानी दिइरहेको फोटो बनावटी नभइ बास्तविक फोटो हो ।’ उपमेयर राईले भनिन् ।

 

जाडो मौसममा ७७ वर्षीय बृद्ध त्यसमा पनि विरामी भएको अवस्थामा परालमा सुतेको देखेपछि मेयर र स्वास्थ्यकर्मीको टोली खार्तम्छा पुगेको उपमेयर राईले जानकारी दिइन् । नगरपालिकाले उनलाई खाद्यान्य,लत्ताकपडा सहयोग गरेको छ ।

 

अहिले बृद्ध राईको अवस्था स्वास्थ्य अवस्था अहिले सामान्य रहेको खार्तम्छा स्वास्थ्य चौकीले जनाएको छ । ७७ बर्षिय वृद्ध राईलाई खार्तम्छा स्वास्थ्य चौकीको निगरानीमा छिमेकी कटेरोमा सारेर उपचार गरिरहेको नगरपालिकाले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु