काठमाडौ । कल्पना दाहाल र रमेश प्रसाईको दोहोरी नेपाली इतिहासमा सबैभन्दा धेरै हेरिएको लोक दोहोरि बनेको छ । लाईभ हेराईमा यसले रेकर्ड तोडेको थियो । इन्द्रेणी युबट्युव च्यानलबाट अपलोड गरिएको भिडियो अहिलेपनि सर्वाधिक कमेण्ट र हेरिएको भिडियोमा रेकर्डपनि कायम हुँदैछ ।

 

त्यही गीतबाट कल्पना दाहालको उचाई एकदमै उचाईमा पुग्यो । त्यसपछि पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तकहरु चाहन्छनकि उनिहरु वास्तविक जिवनमै जोडी बनुन ।

 

उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन्,यो कुराले उनिहरुलाई माया गर्ने सबै निकै खुशी भएका छन । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको आमाको भनाई छ ।

 

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका छन् । उनिहरुले हुक्का चिलिमले भन्ने दोहोरी गाएर सबको मन जितेका थिए ।

 

कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन। हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेशले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन् ।

 

एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन । कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन । उनकी आमा १२ दिन सम्म अस्पतालमा अन्तिम अबस्थाबाट पुनर्जन्म पाएर फर्केकी छिन् ।

 

उनका एक दाजु र एक भाईको निधन भर्खरै भएको छ । सारै नै पिडादायी अवस्थामा कल्पना रहेकी छिन् । यति पिडा भएरपनि कसरी हाँस्दैछिन् कल्पना । सुन्दा सबै भक्कानिन्छन् ।

 

 

सम्बन्धित खबरहरु