काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएर रहेका परीक्षा सञ्चालन गर्नका लागि परीक्षा तालिका प्रकाशित गरेको छ । कानून संकायले स्नातक तह बी.ए.एलएल. बी दोस्रो सेमेस्टर अन्त्य परीक्षाको परीक्षा तालिका प्रकाशन गरेको हो । आज एक सूचना प्रकाशन गर्दै उक्त जानकारी र्दिएको छ ।

सूचनामा भनिएको छ उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालय काठमाडौद्धारा २०७६ साल चैत्रमा विश्वव्यापी कोरोना महामारीको कारण स्थगित भएको स्नातक तह बी. ए एलएल. बी दोस्रो समेस्टरको सेमेस्टर परीक्षा सञ्चालन गर्ने सम्बन्धमा बसेको बैठकको निर्णयानुसार निम्नुसार परीक्षा तालिका निर्धारण भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तालिका तलको सूचनामा अपलोड गरिएको छ । सूचना आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु