काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएर रहेका परीक्षा सञ्चालन गर्नका लागि परीक्षा केन्द्रको नामावली प्रकाशित गरेको छ ।

त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेस्टर प्रणालिमा सञ्चालित स्नातकोत्तर तह (एमपीए, एमबीए, एमबीए (इ) कार्यक्रमको दोस्रो तथा चौथो सत्रमा भर्ना भएका नियमित परीक्षार्थीहरुका साथै एमबीएस र एमपीए को हकमा २०७४ साल (सन् २०१८) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१८ अघि भर्ना भै चौथोसत्रको परीक्षा फारम भरी अनुत्तिर्ण परीक्षार्थी र सन् २०१९ अघि भर्ना भै दोस्रो सत्रको परीक्षा फारम भरी अनुत्तिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको समेत नियमित परीक्षाका लागि यो परीक्षा केन्द्र प्रकाशित छ ।

थप जानकारी तलको सूचनाबाट लिनुहोला । देशभरको परीक्षा केन्द्र तलको सूचनामा अपलोड गरिएको छ । सूचना आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु