काठमाडौं । पाकिस्तानले गरेको का'रवा'हीमा भारतिय सेनामा कार्यरत नेपाली सहित २ भारतीय सैनिकको मृत्यु भएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको एक भागमा पाकिस्तानी सेनाले नियन्त्रण रेखाको नजिकै गरेको का'रवा'हीमा भारतिय सेनामा कार्यरत नेपाली सपूत सहित २ भारतीय सैनिकको मृत्यु भएको हो ।

 

भारतीय सेनाले पनि जवाफमा का'रवा'ही गरेको छ । भारतीय सेनामा कार्यरत प्रेम बहादुर खत्री र सुखबीर सिंह रहेका छन् । प्रेम बहादुर खत्री नेपाली हुन् । भारतीय सेनाका अनुसार यी दुई सैनिकले राजौरी जिल्लाको सुन्दरबानी क्षेत्रमा नियन्त्रण रेखा नजिकै ड्युटी गरिरहेका थिए ।

 

पाकिस्तानले सीमापारबाट गरेको का'रवा'हीमा उनीहरू घाइते भएका थिए । तर केहि समयपछि उनीहरुको मृत्यु भयो । बिहीबार पाकिस्तानी सैनिकहरूले जम्मू कश्मीरको पुंछ जिल्लाको नियन्त्रण रेखा नजिकैको गाउँ र सैनिक चौकी क्षेत्रमा का'रवा'ही गरेका थिए ।

 

उक्त का'रवा'हीमा भारतीय सेनाका एक कनिष्ठ आयुक्त अधिकारी (जेसीओ) सुभेदार स्वतंत्र सिंहको निधन भएको थियो । यस बाहेक यस का'रवा'हीमा एक नागरिक पनि घाइते भएको जनाइएको छ । बिहीबार एउटा अर्को घटनामा जम्मू कश्मीरको राजधानी श्रीनगरको बाहिरी भागमा भएको का'रवा'हीमा दुई सैनिकको मृत्यु भएको थियो ।

 

प्रेम बहादुर खत्री

भारतीय सेनामा कार्यरत प्रेम बहादुर खत्री दाङ तुलसीपुर निवासी हुन् । जम्मु कश्मीरमा कार्यरत प्रेमको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिइएको छ। अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे वताइएको छ ।

भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान प्रेमको मृत्यु भएको खवर दिएको छ । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् । उनको ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।

सम्बन्धित खबरहरु