काठमाडौं । चर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित भएका छन् । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यस्तो जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो ।
तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जनाएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले सबै राम्रो हुँदै गए आफु फिल्डमा पुनः फर्किने विश्वास दिलाएका छन् ।
उनले लेखेका छन्, ‘म कोभिड–१९ को लागी सकारात्मक परिक्षण गरिएको छु भनेर तपाईलाई सबै कुरा भन्नु मेरो ईमान्दारीपूर्ण कर्तव्य हो । बुधवारदेखि मलाई टाउको दुख्यो । तर मेरो स्वास्थ्य अब अलि अलि सुधार हुँदैछ । यदि सबै राम्रो भयो भने, म फिल्डमा फेरि फर्कनेछु । मलाई तपाईंको आर्शिवाद दिनुहोस् ।’
https://twitter.com/Sandeep25/status/1332418218460266497