काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

यीमध्ये २८५ महिला र ३६० पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको जानकारीअनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ७८ हजार ४६९ संक्रमित निको भएका छन् भने ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा हालसम्म ३४८ जनाको मृत्यु भएको छ । यस्तो छ उपत्यकामा कोरोना संक्रमणको अवस्था:

सम्बन्धित खबरहरु