काठमाडौ । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ । ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिरभपुलका डिएगो योटाले पहिलो गोल गरे । अन्तिम मिनेटमा ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काउदै खेललाई बराबरीमा पुर्‍याए ।

यो खेलमा लिरभपुलका स्टार खेलाडिहरु मोहोमद सालाह र सािदयो मानेले दुई वटा पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए । यो बराबरीले लिभरपुलले टोटेनहमलाई १ अंकले पछि पार्दै कम्तीमा पनि एक दिनको लागि शीर्षस्थानमा उक्लन सफल भएको छ ।

यद्दपि टोटेनहमले एक खेल कम खेलेको छ । लिभरपुलको १० खेलबाट २१ अंक पुगेको छ । ९ खेलबाट टोटेनहमको २० अंक छ । ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

सम्बन्धित खबरहरु