काठमाडौं । विश्वास र अन्धविश्वास दुई फरक कुराहरु हुन् । समाजमा अहिले पनि अन्धविश्वास कायम रहेको छ । समय–समयमा अन्धविश्वासका कारण यस्ता समस्याहरु उत्पन्न हुन्छन् कि सुन्नेहरुको मात्रै पनि मुटु काप्न थाल्छ ।

 

भारत, राजस्थानको भिलवारा जिल्लामा अन्धविश्वासको आडमा एक महिलालाई दुःख दिएको घटना सार्वजनिक भएको छ । जिल्लामा अन्धविश्वासको आडमा धनका लोभी मानिसहरूले एउटी आइमाईलाई डायन भनेर बोलाएर उनलाई मन्दिरमा पूजा गर्ने नाममा हात हाले ।

 

उनको निधारमा आगोमा तताएको तातो चिम्टा प्रयोग भएको खुलेको छ । ३५ वर्षीया महिलामाथि केहि मानिसहरुले हात हालेका हुन् । महिलालाई गम्भीर अवस्थामा शाहपुरा र पछि भिलवाडाको महात्मा गान्धी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले शनिबार यो घटनाको पुष्टि गरेको हो ।

 

भिलवाराका एक प्रहरी अधिकारीले भने कि महिलालाई डायन भन्दै बोलाएर २१ नोभेम्बरमा यो सब घटना भएको थियो । धेरै व्यक्तिविरूद्ध भारतीय विधानको विभिन्न धारा अन्तर्गत उजुरी दर्ता गरिएको छ । प्रहरीलाई दिएको बयानमा ति महिलाले आफु एकदम स्वस्थ भएको बताइन् ।

 

उनी गाउँबाट परिवारका सदस्यहरूसहित शनिबार कुण्डिया पुगेकी थिइन्, त्यहाँबाट उनी आफन्तहरूसँग देवलानामा साइट ढोला गएकी थिइन । भोलिपल्ट आइतवार बिहान आफूलाई भोपी भनिएको सन्तोष देवीले नारायण (आफन्त) लगायतलाई बोलाएर उनीमाथि हात हालेका हुन् ।

 

उनीहरुले चिम्टा तताएर निधार र शरीरमा डामेको पनि खुलेको छ । उनीहरुले ति महिलामा खराब आत्मा भएको भन्दै त्यस्तो गरेका हुन् । पीडित महिलाले जनाए अनुसार स्थानीय देवताको पूजा गर्ने र दुष्ट आत्माबाट मुक्त गर्ने नाममा उनीबाट ८,००० रुपैयाँ पनि लिइएको छ । प्रहरीलाई खबर गरेपछि आरोपितले महिलालाई फेरि त्यस्तै गर्ने चेतावनी पनि दिएका थिए ।

 

हातपातको कारण आफु साँच्चै डराएको उनले प्रहरीलाई बताएकी छिन् । उनले भनिन्, ‘उनीहरुले हात हालेपछि म पुर्ण होसमा थिइन् । म घटनाको बारेमा शहरबाहिर बस्ने मेरा पतिलाई बताउन चाहन्थें तर आरोपीले मबाट फोन लगेर गए ।

 

जब मेरो श्रीमानले कल गर्नुभयो, तब उनीहरुले भने कि उ (म) एक दुष्टात्माको अधीनमा छन्, उनी अझै सुतिरहेकी छिन् । केहि दिन पछि घर फर्कनेछन् ।’

 

प्रहरी नायब उपरीक्षक विमल सिंहले पीडितको भतिजा, पीडितको सासु र अन्यविरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । सिंहले भने, ‘हामी मुद्दामा संवेदनशील भई अनुसन्धान गर्दैछौं र फरार आरोपीलाई पक्राउ गर्न यथाशक्य प्रयास गरिरहेछौं ।’

 

 

सम्बन्धित खबरहरु