काठमाडौ । अमेरिकी डलरको भाउसँग अब नेपालको अर्थतन्त्र जोडिएको छ । विश्वभरी अमेरिकी डलर चल्ने भएकाले अनेकौँ खरिद बिक्रिमा डलरको हिसाब हुन थालेको छ । यति मात्र हैन अहिले अमेरिकामा लाखौँ नेपालीहरु पुगिसकेका छन् ।

 

उनीहरुको त्यहाँको कमाई नेपालमा रुपान्तरण गरेर नेपालमा लगानी गर्ने गरेको पाइन्छ यसर्थपनि डलरको भाउसँग नेपालीको सम्बन्ध महत्वपूर्ण छ । अब अभिन्न बन्दै गएको अमेरिकी डलर नेपाली मुद्रासँग अहिलेसम्मकै उच्च दर कहिले कायम भयो ? कतिसम्म पुगेको छ ?

 

 

सबैको चासोको विषय हो । आज हामी त्यो चासो निवारण गर्दै छौ । यो सामाग्री तयार पार्दाको समयमा १ अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ४३ पैसा नेपाली मुद्रा छ । यहाँलाई जानकारी गराऔँ की १ अमेरिकी डलर बराबर १ सय २२ रुपैयाँ ९८ रुपैयाँ सम्मपनि पुगेको छ । यो रेकर्ड सन् २०२० को अप्रिल १६ तारिखमा कायम भएको थियो ।

 

अब सन् २०२१ को अप्रिल नजिक छ । यो समयपनि यसरी नै डलर बढ्छ त ? संकेत हेर्दा त्यो देखिन्छ । किनकी अहिले फेरी डलरको भाउ उकालो लागि रहेको छ ।

 

स्मरण रहोस् नोभेम्बर ४, सन् २०१९ मा डलरको भाउ निक्कै कमजोर थियो । त्यो दिन १ अमेरिकी डलर बराबर १ सय १३ रुपैयाँ ०४ पैसा नेपाली मुद्रा मात्र कायम थियो । यो जानकारी आफुले पढिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

 

सम्बन्धित खबरहरु