काठमाडौ । राजधानी काठमाडौमा दुर्घटनाको भयानक दृष्य देखिएको छ । यहाँ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा हुन् । शनिबार राति काठमाडौँको शंखमुलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शंखमुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय सुदीप तिमल्सिनाको मृत्यु भएको हो । गम्भिर घाइते उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खान घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु