काठमाडौ । पैसाको प्रलोभन देखाई २२ वर्षीयालाई कु'क'र्म ग'रेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वलीलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको हो ।

 

दार्मा गाउँपालिका –३ मा भाँडा पसल गर्दै आएका वलीले ती महिलालाई आर्थिक प्रलोभनमा पारी २०७७ असार २७ गते त्यस्तो कार्य गरेको उजुरीका आधारमा प्रहरीले समातेको बताएको छ । आफूलाई पटक पटक कु'क'र्म ग'र्दै आएको र कसैलाई भने बाँकी नराख्ने चेतवानी वलीले दिएका ती महिलाले प्रहरीसमक्ष दिएको उजुरीमा उल्लेख छ । महिलाको पेटमा गर्भ रहेको सासूले थाहा पाएपछि घटना बाहिर आएको हो ।

 

 

आरोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएकी पीडितका पति रोजगारीका सिलसिलामा भारतमा छन्। पीडितको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु