काठमाडौ । प्रहरीले हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसका सञ्चाालकसहित छ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ स्थित सुमित गेस्ट हाउसमा अनैतिक कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् । होटलमा कल गर्ल राखेर अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले सञ्चालकसहित चारजना पुरुष र दुईजना महिलालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुईजना महिलाले आफूहरुलाई कल गर्लको क्रियाकलापमा दवावमा लगाएको भन्दै सञ्चालक विरुद्ध उजुरी दिएपछि उनी विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।

मोरङ प्रहरीका प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार महिलाहरु अन्यायमा परेको देखिएको छ । उनीहरुले सञ्चालकले जोडबलमा आफूहरुलाई कल गर्लको क्रियाकलापमा सहभागी गराएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सञ्चालक विरुद्ध मानव बेचबिखन मुद्दामा अनुसन्धान थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले पक्राउ गरेका अन्य तीनजनाको नाम खुलाइएको छैन । सबै दोषी नहुन पनि सक्छन्, उपरीक्षक खड्काले भन्नुभयो–पीडितले दिएको उजुरीका आधारमा हामीले अनुसन्धान सुरु गरेका छौं । केही पुरुष ग्राहक भएको र त्यहाँ गलत भइरहेको अवस्थामा नै रंगेहात पक्राउ गरिएको छ ।

योपनि पढ्नुहोस् ।

यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित !

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

सम्बन्धित खबरहरु