काठमाडौं । झण्डै एक वर्षदेखि जारी कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन भएपछि विभिन्न घटनाहरु हुँदै आएका छन् । यो बीचमा ससुराली बसेका एक व्यक्तिले सालीलाई भगाएका छन् । भारतको मध्य प्रदेशको विदिशा जिल्लामा यस्तै घटना भएको हो ।

 

त्यहाँको नटेरनको पमारिया गाउँमा लकडाउनका कारण काम बन्द भएपछि ति व्यक्ति दुई महिनादेखि ससुरालीमा बसेका थिए । यहि बीचमा १७ वर्षिया सालीसँग ति व्यक्तिको प्रेम बसेको हो । परिवार र उनकी पत्नीलाई उनीहरु नजिकिएको देखिपछि शंका भएको भए पनि उनले साली आफ्नो बहिनी जस्तो भएको बताउँदै आएका थिए ।

 

तर एक हप्ता पहिले साली भगाएका उनलाई तीन दिन पछि प्रहरीले पक्राउ गरेको छ । भोपालको गौतम नगर बस्ने बृजेश अहिरवारले ५ वर्ष पहिले पमरियाकी रिङ्कीसँग बिहे गरेका थिए । उनीहरुका दुई सन्तानसमेत रहेका छन् । नटेरन चौकीमा यसको उजुरी परेको थियो ।

 

थानामा दुबै पक्षलाई राखेर प्रहरीले सम्झाएको हो । त्यसपछि साली आफ्नो घर र बृजेश आफ्नो घर गएका छन् । बृजेशले श्रीमती र बच्चासमेत घर लगेर गएका छन् ।

 

 

सम्बन्धित खबरहरु