काठमाडौं । अफगानस्तानमा भएको कार धमाकामा २६ अफगान सुरक्षाकर्मिहरुको मृत्यु भएको छ । अफगान अधिकारीहरुका अनुसार अचानक भएको धमाकामा २६ जनाको मृत्यु भएको हो । अहिलेसम्म घटनाको जिम्मा कसैले पनि लिएको छैन ।

 

एएपीका अनुसार धमाकाबारे थप जानकारी आइसकेको छैन । यो घटना अफगानिस्तानको घाज्नी प्रान्तमा भएको हो । सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा ठूलो घटना हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति ठूलो क्षति गरिएका थिएनन् ।

 

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताउनुभयो । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि घटनाबाट भएको क्षति पुष्टि गर्नुभयो ।

 

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले धमाकाले भरिएको सवारी साधन सैनिक शिविरभित्र छिराए । तर उहाँले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन ।

 

 

सम्बन्धित खबरहरु