काठमाडौं । बलिउडका चर्चित अभिनेता सलनमान खानसँग नाम जोडिएका एक कलाकारकी पत्नीले गम्भीर खुलासा गरेकी छिन् । हिन्दी फिल्मका लोकप्रिय संगीतकार वाजिद खानकी पत्नीले धर्म परिवर्तन लगायत कुराहरुमा आफुमाथि बल प्रयोग गरिएको आरोप लगाएकी छिन् ।
तपाईंलाई जानकारी गराउ कि ४२ वर्षको उमेरमा १ जुन, २०२० मा वाजिदको मिर्गौलामा संक्रमण भएर मृत्यु भएको थियो । साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् ।
उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले चर्चित दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ’ गीत सलमानले गाएका थिए ।
वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनले सलमान खानका धेरै चलचित्रका गीतहरुमा संगीत दिएका थिए । उनको मृत्यु भएको लामो समयसम्म मौन रहेकी उनकी पत्नी अचानक यस्तो आरोपसहित सार्वजनिक भएपछि सबै हैरान भएका छन् ।
वाजिदको मृत्युपछि उनकी श्रीमती कमलरुखको जीवन कठिनाइहरूले भरिएको भन्दै वेदना व्यक्त गरेकी छिन् । कमलरुखले वाजिदको परिवारमाथि गलत व्यवहार गरेको लगायत धेरै आरोप लगाएकी छिन् । वाजिद खानकी श्रीमती कमलरुखले सामाजिक सञ्जाल इन्टाग्राममार्फत यस्तो खुलासा गरेकी हुन् ।
उनलाई वाजिदको परिवारले इस्लाम धर्ममा आउन बाध्य पारेको छ । उनि पतिको निधनबाट उम्कन सकेकी छैनन् तर वाजिदको परिवारले उनलाई सताइरहेको छ । उनले व्यक्त गरेको भावनात्मक लामो पोस्टको सानो अंश यस्तो रहेको छ :
मेरो नाम कमलरुख खान हो र म स्वर्गीय संगीतकार वाजिद खानकी श्रीमती हुँ । विवाह हुनु अघि, म उहाँसँग १० बर्षको सम्बन्धमा थिएँ । म पारसी हुँ र उनी मुसलमान थिए । हामीलाई कलेजका प्रियहरू भनियो ।
हामीले विवाह गरेको बखत पनि हामीले यो विशेष विवाह ऐन अन्तर्गत गरेका थियौं । म ईन्टर्कास्ट (अन्तरधार्मिक) विवाह पछि धर्मको आधारमा कसरी भेदभावको सामना गर्दैछु भन्ने सन्दर्भमा म आफ्नो अनुभव बाँड्न चाहन्छु, जुन धेरै लाजमर्दो छ र यसले सबैको आँखा खोल्ने छ ।
यो हप्ताका चर्चित शीर्षकहरु
एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]
आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै
अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]
भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै
फ्लाइटका दौरानमा एयर होस्टेज शा’रीरिक सु:खको अफर दिने गरेको खुलासा
अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै
इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए
सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा
करीना र सैफ अलीको सानो तैमुरको प्यारो स्टाइल : जति प्रशंसा गर्दा पनि कम
प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन
विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !
१२ बर्षसम्म ससुराले बुहारीलाई बच्चा जन्माउन रोक लगाउनुको कारण थाहा पाउँदा दुनियाँ चकित !
जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन
यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]
श्रीमती माइतीमा बसेको झोकमा एक श्रीमानले जे गरे, त्यसले सबैको होस उडायो !
भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने