काठमाडौं । पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजममाथि उनकै छिमेकी युवतीले गम्भीर आरोप लगाएकी छिन् । पाकिस्तानकी एउटी युवतीले बाबरमाथि यस्ता आरोप लगाएकी हुन् । पीडितले पत्रकार सम्मेलन गरी बाबरले १० वर्षसम्म बिहे गरेको नाटक गरेर आफुमाथि गलत हर्कत गरेको आरोप लगाएकी छिन् ।

उनले आफ्नो पेटमा बच्चा हुँदा बाबरले चेतावनी दिदैँ बच्चा निकाल्न लगाएको बताएकी छिन् । उक्त पत्रकार सम्मेलन पाकिस्तानी न्युज च्यानल ‘न्युज२४ समाचार एचडी’ द्वारा देखाइएको थियो । पाकिस्तानी मिडियामा, उक्त केटीको नाम हामिजा भनिएको छ ।

पीडितले भनिन्, ‘बाबर र म एकै स्कूलमा पढ्ने गर्थ्यौं । हामी छिमेकमा बस्थ्यौं । उसले मलाई विवाहको प्रस्ताव गर्यो र मैले त्यसलाई स्वीकार गरें । उनले त्यसबेला क्रिकेट खेल्न सुरु गरेका थिएनन् ।’ ति युवतीले सन् २०११ मा अदालती विवाहको लागि घरबाट भागेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘समय बित्दै जाँदा हामीले विवाहको बारेमा योजना बनाउन थाल्यौं ।

हामीले हाम्रा परिवारका सदस्यहरूलाई पनि भन्यौं तर उनीहरूले अस्वीकार गरे । सन् २०११ मा हामी घरबाट भाग्यौं । बाबरले सधैं मलाई अदालतमा विवाह गर्ने कुरा बताउँथे । हामी यस अवधिमा गुलबर्ग र पञ्जाब हाउजिङ्ग सोसाइटीमा भाडामा पनि थियौं तर उनले विवाह गरेनन् ।’ उनले बाबर पाकिस्तान टोलीमा छनौट भएपछि परिवर्तन भएको आरोप लगाएकी छिन् ।

हमीजाले आफुले धेरै पटक बाबरको खर्च पनि उठाएको जनाएकी छिन् । उनले भनिन्, ‘बाबर २०१४ मा राष्ट्रिय क्रिकेट टोलीमा चयन भएका थिए । त्यसपछि बिस्तारै बिस्तारै परिवर्तन हुन थाल्यो । अर्को वर्ष मैले उनलाई विवाहको लागि फेरि सोधें तर उनले फेरि इन्कार गरे ।’ हमीजाले अगाडि भनिन्, ‘२०१५ मा मैले बाबरलाई भनेको थिएँ कि म आमा बन्दैछु । यस खबरपछि उनको प्रतिक्रिया एकदम अनौंठो थियो ।’

आफु आमा बन्न लागेको खबरपछि बबारले आफुमाथि हात हालेको पनि उनले आरोप लगाएकी छिन् । उनले बताइन्, ‘यद्यपि म आफ्नो घर फर्कन सकिन्, किनकि हामी घरबाट भागेका थियौं र परिवारले मेरो विश्वास गुमाइसकेका थिए ।’ हमीजाले बाबर र उसका साथीहरुसँगै मिलेर उनको पेटको बच्चा निकालेको पनि बताएकी छिन् ।

उनले भनिन्, ‘२०१७ मा मैले बाबरविरुद्ध नासिराबाद प्रहरी चौकीमा उजुरी पनि दर्ता गराए, उनीहरु प्रहरी चौकी आएनन् । तर मेलमिलापको लागि ममाथि दबाब दिन थाले ।’ हमिजाले पाकिस्तानका पूर्व क्रिकेटर अब्दुल कादिरका छोरा उस्मान कादिरलाई पनि प्रत्यक्षदर्शीको रूपमा वर्णन गरेकी छन् । उनले यस बारेमा बताइन्, ‘२०१७ मा बाबरले पनि आफ्नो नम्बर परिवर्तन गर्यो ।

यस पछि पनि, उसले ३ बर्षसम्म मेरो फाइदा लिन छोडेन् । २०२० मा उनले मसँग विवाह गर्न अस्वीकार गरे ।’ उनी बाबरलाई कप्तानीबाट हटाउन माग गर्छिन् । हमीजाले भनिन्, ‘मैले सधैं बाबरलाई विश्व स्तरीय खेलाडी बन्न सहयोग गरें । म पाकिस्तान क्रिकेट बोर्डमा पनि सम्पर्क गर्न चाहान्छु, तर उनीहरूले भने कि यो बाबरको व्यक्तिगत कुरा हो ।

उनीहरुले यसमा केहि गर्न सक्दैनन् । म उसलाई साजय दिन चाहन्छु । यो मेरो कानूनी अधिकार हो । मलाई न्याय नहुन्जेल म हरेक फोरममा बाबरको बिरूद्धमा कुरा गर्छु ।’ हमीजाले बबरलाई पीसीबीबाट कप्तानको रूपमा हटाउन पनि माग गरेकी छिन् ।

विश्वस्तरमा बाबर एक चम्कदैँ गरेको खेलाडीको नाम हो । बाबर तीनै ढाँचाका कप्तान हुन् । बाबरलाई हालै पाकिस्तान क्रिकेट टीमको टेस्ट कप्तान नियुक्त गरिएको थियो । उनी पहिले नै वनडे र टी–२० टोलीका कप्तान हुन् ।

उनले अहिलेसम्म २९ टेस्ट खेलेका छन्, ४५.४४ को औसतमा २,०४५ रन बनाएका छन् । अर्कोतिर ७७ एकदिवसीय खेलमा, उनले ५५.९४ औसतमा ३,५८० रन बनाएका छन् । बाबरले ४४ टी–२० खेलमा ५०.९४ औसतमा १,६८१ रन बनाएका छन् ।

सम्बन्धित खबरहरु