काठमाडौं । सामाजिक सञ्जालमा एक दर्दनाक भिडियो भाइरल भइरहेको छ । शनिबार मुम्बईको धारावी क्षेत्रमा लिफ्टमा फसेपछि एक पाँच वर्षीय बच्चाको मृत्यु भएको छ । मृतक बच्चाको परिचय मोहम्मद हुजाफा सरफराज शेख रहेको छ ।

मोहम्मद हुजाफा आफ्नो लिफ्टबाट आफ्नो ७ वर्षीया दिदी र ३ वर्षीया बहिनीको साथ चौथो तल्लाको घर जाँदै थिए । चौथो तलामा पुग्दा ग्रिल र काठको ढोका खोलियो, जेठो र कान्छी बहिनीहरू फर्किए, तर पाँच वर्षीय मोहम्मद हुजाफा ग्रिल बन्द गरेपछि बाहिर निस्कन अघि काठको ढोका बन्द भयो र उनी ग्रिल र काठको ढोका बिच अडिए ।

यस बीचमा लिफ्ट चल्यो अनी उनलाई तान्यो । साहू नगर प्रहरीले एडीआर दर्ता गरेको छ र अनुसन्धान भइरहेको छ । साना बच्चाहरूलाई लिफ्टमा एक्लै जान नदिन पनि प्रहरीले अनुरोध गरेको छ । शनिबार दिउँसो १२ः१५ बजेदेखि धारावीको पलवाडीस्थित कोझी शेल्टर भवनमा दुर्घटना भएको थियो ।

सम्पूर्ण घटना लिफ्टमा स्थापित सिसिटिभी क्यामेरामा रेर्कड भएको थियो । भिडियो सामान्य व्यक्तिहरुले हेर्न सक्ने खालको पनि छैन । लिफ्टको कारण बच्चाको टाउकोमा गम्भीर क्षति भएको देखिन्छ । बच्चालाई घाइते अवस्थामा नजिकैको अस्पताल लगिएको थियो तर डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन् ।

नेपालमापनि धेरै स्थानमा लिफ्टहरु छन् । अभिभावकहरु ख्याल नै नगरी मोबाईल फोन वा अरु कुरामा ध्यान दिएर बच्चा डोर्याईरहेको देखिन्छ । लिफ्टमा विशेष ध्यान दिनुहोस् । बच्चा साथमा लिएर जाँदा अझ संवेदनशील बन्नुहोस् । सचेतनाका लागि सामाग्री सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु