काठमाडौं । आधा दर्जन यात्रु सवार हेलिकप्टरसँग चरा ठोक्किएको छ । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको हो ।

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको हो । प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले यसको पुष्टि गर्नुभयो । हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन् ।

उहाँका अनुसार एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको छ । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति पुगेको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको जनाइएको छ ।

सम्बन्धित खबरहरु