काठमाडौं । साताको पहिलो दिन आज १, २५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । अर्कोतिर पछिल्लो २४ घण्टामा १, ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ । वर्तमान समयमा देशभर १७, ९०९ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुगेको छ । आज काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

सम्बन्धित खबरहरु