सुनसरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-६ घर भई मोरङ उर्लावारी नगरपालिका-५ डेरा गरी बस्ने ३२ वर्षीय कृष्ण राज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०६४ वैशाख २८ गते राति साबिकमा चाँदवेला गाविस-७, मधेसा टोलस्थित साथीको विवाहमा जन्ती गएका सुनसरी साबिकमा एकम्वा गाविस-४ वस्ने सुरेन कुमार ठाकुरलाई सामान्य झैं-झगडाको विषयमा प्रतिवादीहरु कृष्ण राज धामी लगायत ५ जनाले विवाह घर नजिक छुराको प्रयोगबाट गम्भीर घाइते बनाई फरार रहेका थिए ।

 

 

गम्भीर घाइते भएका सुरेनको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा जिल्ला अदालत सुनसरीबाट २०७१ साउन २९ गते उनीहरूलाई २० वर्ष कैदको फैसला भएको थियो । कैद भुक्तान नभई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा प्रतिवादीहरुमध्ये कृष्ण राज धामीलाई मोरंङ उर्लावारी नगरपालिका-५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 

कृष्ण राजलाई जिल्ला अदालत सुनसरीमा बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खबरहरु