भक्तपुर । १२ वर्षीया बालिकालाई गलत कार्य गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

श्यामले ती बालिकालाई गत साउन १८ गते गलत कार्य गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता मोरङमा ३५ वर्षीया महिलालाई गलत कार्य गरेको अभियोगमा रंगेली नगरपालिका-५ बहुवानस्थित कदमगाछि टोल बस्ने २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

 

सुरेन्द्रले ती महिलालाई शुक्रबार दिउँसो सोही ठाउँस्थित धान परालको बोझामा गलत कार्य गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु