काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच दुई खेमामा शक्ति संघर्ष चुलिएको छ । पार्टी नै चोइटीने हो की भन्ने शंका भइरहेका बेला एक अर्काले कमजोर र बलियो सावित गर्ने कडा परिश्रम गरिरहेका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई संकट देखिएपछि ओली समुहले नयाँ रणनीति बनाएको छ । अध्यक्ष पुष्पकमल दाहाललाई एक्ल्याएर उनीहरुको गुट चकनाचुर बनाउँने उनीहरुको रणनीति छ ।

 

बरिष्ठ नेता माधबकुमार नेपाललाई अध्यक्ष पदको ललिपप दिने र प्रधानमन्त्रीसहित अध्यक्ष ओलीले नै चलाउँने रणनीति सफलता नजिक छ । यो प्रस्तावमा माधब नेपाल सहमत देखिएको स्रोतको दावी छ । कात्तिक अन्तिम साता दाहालले ल्याएको प्रतिवेदनको जवाफ ओलीले असोज १३ गते दिइसकेका छन् । त्यसमा दाहाललाई हदैसम्मको आरोप लगाएका छन्।

 

दाहालले पनि ओलीलाई भ्रष्टाचारीसम्मको आरोप लगाएका छन्। अनि दाहाल पक्षले ओलीलाई कुनै पनि हालतमा अध्यक्ष वा प्रधानमन्त्री पदबाट हटाउने रणनीति अपनाएको छ। त्यसकै जवाफका रुपमा चलाखी पाराले ओलीले आफ्नो प्रतिवेदनमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्तमा उनले अध्यक्ष पद छाड्न तयार रहेको बताएपनि प्रधानमन्त्री पद छाड्ने विषय कतै उल्लेख गरेनन् ।

 

ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ । यतिबेला नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ ।

 

दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

 

 

सम्बन्धित खबरहरु