काठमाडौं । साताको दोस्रो दिन आज सुनको मुल्य घटेको छ । सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार रुपैयाँ कायम भएको हो । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमरको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । अर्कोतिर चाँदीको प्रतितोला भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको छ ।

सम्बन्धित खबरहरु