काठमाडौ । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विश्वकै शक्तिशाली सरकार बनाउँने गृहकार्य गरिरहेका छन् । उनले आफ्नो टिमका विभिन्न व्यक्ति घोषित गरिरहेका छन् । यही बीचमा यस्तो रिपोर्ट छ कि अमेरिकी भारतीय नीरा टण्डनलाई बाइडेनले व्यवस्थापन तथा बजेट विभागको निर्देशक बनाउन सक्छन्।

 

यो स्थिति ह्वाइट हाउसको एक महत्वपूर्ण स्थान हो र यसको काम भनेको सरकारको बजेट सम्हाल्ने हो। समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकी संसदले अनुमोदन गरेको खण्डमा मात्र ५० वर्षीया नीरा व्हाइट हाउसमा पहिलो महिला हुनेछिन् । जसले सबैभन्दा प्रभावशाली ओहदा सम्हाल्न पाउँनेछिन् । यति ठूलो पदमा जननिर्वाचित बाहेक अरु महिले अमेरिकामा पुगेका छैनन् ।

 

हाल नीरा अमेरिकी लोक प्रगति केन्द्रको प्रमुख कार्यकारी हुन । द वाल स्ट्रीट अखबारका अनुसार नीरालाई मनोनयन गर्ने निर्णय बाइडेनको योजनाको एक हिस्सा हो जसअन्तर्गत ऊ उदारवादी र केन्द्रीय आर्थिक सल्लाहकारहरूको टोली गठन गर्न चाहन्छ। टोलीले ट्रेजरी सेक्रेटरी मनोनीत जेनेट येलेनसँगै काम गर्ने छ। धेरै अखबारमा समाचार छ कि नीरा, जेनेट र अरुको मनोनयन छिट्टै घोषणा हुन सक्छ।

 

वाशिंगटन पोष्टका अनुसार नीरालाई परम्परावादी क्षेत्रले सरकारको खर्च घटाउन दबाब दिनेछ तर उनीहरूले वर्तमान आर्थिक पतनबारे बाइडेन सरकारको जवाफ तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने छिन। उनी हिलारी क्लिन्टनको घनिष्ठ सहयोगी पनि भइन् र ओबामाको कार्यकालमा किफायती हेरचाह ऐन पारित गर्न मद्दत गरेपछि उनी उच्च तहका मानिससँग नजिक छिन् ।

गर्वको दिन
पीटीआईका अनुसार, इंडियास्पोरा एसोसिएशन, एक गैरसरकारी संस्थाका संस्थापक, एमआर रंगास्वामीले भने, नीरा टण्डनले नयाँ सरकारमा मन्त्रीस्तरीय पद पाउन लागेकोमा खुशी छौ । यो भारत–अमेरिकीहरूका लागि अर्को गर्वको दिन हो । यस पदको व्यापक भूमिका छ। यसमा बजेटको डलरको ख्याल गर्ने शक्ति छ। यदि कसैसँग हाम्रो समुदायको राजनीतिक साझेदारी जान्ने शक्ति छ भने यो एक पदपनि हो ।

 

द वाशिंगटन पोस्टका अनुसार प्रिन्सटन विश्वविद्यालयका श्रमिक अर्थशास्त्री सिनसिलिया राउसलाई बाइडेनले आर्थिक सल्लाहकार काउन्सिलको अध्यक्ष बनाउन सक्छन् । सेसिलिया परिषद्को अध्यक्ष हुने पहिलो अफ्रीकी–अमेरिकी महिला हुन्। उनीहरूको काम राष्ट्रपतिलाई आर्थिक मामिलामा सल्लाह दिने छ।

 

न्यु योर्क टाइम्सका अनुसार, बाइडेनले जेनेट येलेनलाई कोषागार सचिव बनाउने निर्णय गरिसकेका छन् । यसले धेरै महिलालाई आर्थिक मामिलामा महत्वपूर्ण भूमिका खेल्ने ढोका खोलिदिन्छ, पहिलो पटक एक काला जातिकी महिला आर्थिक सल्लाहकार काउन्सिलको नेतृत्वमा पुग्नेछिन् ।

 

डेली अखबारका अनुसार यी नामहरूको निर्वाचनबाट नै बाइडेनले सल्लाहकारहरूको टोलीको विविधता ल्याउने प्रतिबद्धता देखाउँदै आएका थिए । यसले उनको सरकारलाई उदार दिशानिर्देश दिइनेछ साथै आर्थिक बृद्धिका लागि श्रमिकको सशक्तीकरणमा केन्द्रित हुनेछनू भन्ने स्पष्ट सन्देश दिन काफी हुने विश्वलेष गरिएको छ ।

 

यसले नेपाल, भारत लगायत विश्वभरीका श्रमिक बर्गलाई फाइदा हुने निश्चित छ । यति मात्र र्हैन ओबामाको आर्थिक मामिलासम्बन्धी सहयोगी ब्रायन डीसले राष्ट्रिय आर्थिक परिषद्को नेतृत्व गर्ने छन। स्रोत : बीबीसी

 

 

सम्बन्धित खबरहरु