काठमाडौ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नै कुकुरसँग खेल्दाखेल्दै घाइते भएका छन् । बाइडेनका निजी चिकित्सकहरुद्वारा आइतबार दिइएको जानकारी अनुसार उनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको छ । उनले केही हप्तासम्म ‘वाकिङ बुट’ लगाउनुपर्ने चिकित्सकहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बाइडेनले ‘मेजर’ नामको कुकुर पालेका छन् । मेजरसँग खेल्नेक्रममा उनी चिप्लिएका हुन् ।

 

‘प्रारम्भिक एक्सरेमा फ्रयाक्चर’ नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्रयाक्चर देखिएको थियो,’ उपचारमा संलग्न एक चिकित्सकले आइतबार जानकारी दिए ।

 

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आइतबार साँझ एक ट्वीट सन्देशमार्फत् स्वास्थ्यलाभको कामना गरेका हुन् ।

 

 

सम्बन्धित खबरहरु