काठमाडौँ । गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको सुनन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । परानैदिन्छुको भाग २ का रुपमा तयार पारिएको सुननमा शब्द शृजना प्रलाद शाहको शब्द शृजना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ ।

 

पछिल्लो समयका ब्यस्त तथा चर्चित अभिनेता दयाहागं राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ । गाउँ घर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा २ युवा युवती एक अर्काप्रति आर्कर्षित भएको प्रेम कथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ ।

 

काभ्रेको पनौती नगरपालिकाको कुशादेवी भन्ने स्थानमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामिण परिवेशमा पनि जीन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ ।

 

निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । निर्देशक धमला पछिल्लो समयका ब्यस्त र राम्रो सम्पादन गर्ने निर्देशकका रुपमा पनि परिचित छन् । मिक्सिगं तथा मास्टरिगं प्रकाश मिश्रको रहेको गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=LrFyui_uTUw

 

सम्बन्धित खबरहरु