रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा स्थित सीमा ईलाकाबाट मंसीर १४ गते एपीएफ टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २६ वर्षिय चन्दनप्रसाद रौनियार छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा युक्रेनको भिषा लागेको ५ वटा तथा अन्य १९ वटा नेपाली पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज रौनियारलाई बरामद पासपोर्टसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाईएको छ ।

सम्बन्धित खबरहरु