कञ्चनपुर । भिमदत्त नगरपालिका-१८ जानकीटोल डेरा गरी बस्ने भारतको उत्तराखण्ड घर भएका ३० वर्षीय अर्जुन शर्मा र उनकी श्रीमती २६ वर्षीया रितिका कुमारी बमलाई १ हजार दरको २ थान नक्कली नोट लगायतका विभिन्न सामान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका(४ स्थित बजारमा किनमेल गरिरहेको अवस्थामा उनीहरुको साथमा नक्कली नोट छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तलासी गर्दा रितिकाको खल्तीमा उक्त नक्कली नोट फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

साथै उनीहरुको घरबाट नक्कली नोट बनाउन प्रयोग गरेको १ थान फोटोकपी मेसिन, १ थान ल्यापटप, नक्कली नोट फोटोकपी गरिएको ८४ थान एफोर साईजको पेपर, आधा पेजमा फोटोकपी गरिएको ४३ थान पेपर, बिभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, कैची, लाईटर, किबोर्ड, माउस र ६० थान फोटोकपी पेपर प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यो नक्कली नोट छाप्ने कारखाना नै भएको खुलेको छ ।

सम्बन्धित खबरहरु