काठमाडौ । काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने ५३ वर्षीया शोभा सापकोटाको यात्राको क्रममा ट्याक्सीमै छुटेको नगद ३१ हजार ५ सय रुपैयाँ र करिब १८ तोला सुनका विभिन्न गहना प्रहरीले फेला पारी बुझाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बा.१ य ९६८ नम्बरको ट्याक्सीमा लैनचौर आउने क्रममा शुक्रबार उक्त धनमाल ट्याक्सीमा छुटेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त ट्याक्सीमा उनीसँगै सवार टोखा नगरपालीका-२ बस्ने २८ वर्षीय दिपेश बस्नेतसँग आइतबार दिउँसो गहना र नगद फेला पारी शोभालाई बुझाएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु