काठमाडौ । काठमाडौ महानगरपालिका-२६ कपुरधारा कसकेली मार्गस्थित ओरालोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित होटल होमको कोठा नम्बर १०३ मा दोलखा भिमेश्वर नगरपालिका घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय कृष्ण खाती सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

 

रौतहट, माधवनारायण नगरपालिका-५ मिठुअवा बस्ने ५० वर्षीय दशै राम सोही नगरपालिका-४ मानपुरस्थित बाँस घारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

कालिकोट, खाँडाचक्र नगरपालिका-१ बस्ने ६५ वर्षीय जो कबे पाण्डे सोही ठाउँस्थित कर्णाली नदीको खोचमा आइतबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक १० गते घरबाट निस्कि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा चाल्खे बगरस्थित कर्णाली नदीको खोचमा लाश फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित खबरहरु