प्युठान । नौवहिनी गाउँपालिका-१ स्थित कोठेभिरबाट लडेर रोल्पा सुनसरी गाउँपालिका बस्ने २१ वर्षीय अनिल बुढा मगरको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी बारा माहागगढीमाई नगरपालिका-४ दहीयारस्थित बैलिया नहरमा डुबेर सोही ठाउँ बस्ने अरबिन्द प्रसाद कुसुवाहाको ७ वर्षीय छोरा शनि कुमार कुसुवाहाको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु