काठमाडौं । अर्थमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेलले आज आफ्नो ६२ औं जन्मोत्सव मनाएका छन् । पौडेलको जन्मदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मनाइएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पौडेललाई जन्मदिनको शुभकामना दिँदै केक काटिएको हो । पौडेललाई सबैभन्दा पहिले ओलीले केक खुवाएका थिए, त्यसपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाले केक खुवाउँदै शुभकामना दिएका हुन् ।

प्रचण्डपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित अन्य वरिष्ठ नेताहरूले केक खुवाएर पौडेललाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना दिएको जनाइएको छ ।

थापाले महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरू भएको जानकारी दिएका छन् । उनले पनि मन्त्री पौडेललाई शुभकामना व्यक्त गर्दै, ‘६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनको शुभकामना’ भनेका छन् ।

सम्बन्धित खबरहरु