काठमाडौ । काठमाडौं महानगरपालिका-२९ मैतीदेवी पेट्रोल पम्प नजिक बा।२ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी नगरपालिका-४ बस्ने ३२ वर्षीय राम मिजार र सोही ठाउँ बस्ने २७ वर्षीय नवराज मिजार रहेका छन् । उक्त ट्याक्सीमा अवैध रुपमा सालकको खपेटा ओसार पसार गरी किनबेच गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त ट्याक्सी जाँच गर्दा कालो झोलाभित्र प्लाष्टिकमा लुकाई राखेको उक्त खपेटा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

उता ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-७ माझिगाउँबाट करिब १ किलो ५ सय ग्राम तौल भएको सालकको खपेटा सहित भोजपुर रामप्रसाद राई गाउँपालिका-१ बस्ने ३५ वर्षीय ईच्छा कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका-४ चिउरीबोटबाट भोजपुरतर्फ उक्त सालकको खपेटा लुकाई लैजाँदै गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हर्कपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त सालकको खपेटा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सालकलाई देख्दामात्र पनि गुडलक मानिन्छ । यसैले यसको खपेटा घरमा राख्ने गरिन्छ । यो चीनमा बहुमुल्य छ । सालक विश्वभरीका लागि नै दुर्लभ बन्यजन्तुमा पर्दछ । यसको व्यपार चीनमा ठूलो छ । एउटा खपेटाको मात्र एक लाख भन्दा बण्ी मुल्य पाइने भएकाले यसको चोरी शिकारी बढेको छ ।

सम्बन्धित खबरहरु