काठमाडौं । एक बाबु आफ्नै छोरीबाट खतरा भएको भन्दै प्रहरीकहाँ गएका छन् । खबर बाहिर आउँदा सबै चकित भएका छन् । जवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) की पूर्व विद्यार्थी नेता शेहला रशीदका बुवाले यस्तो गम्भीर आरोप लगाएका हुन् । यो बीचमा आफ्ना बाबु अब्दुल रशीद शौरालाई जवाफ फर्काउदैँ सोमबार शेहलाले सबै आरोपको खण्डन गरेकी छिन् ।

शेहला र उनकी आमालाई उनका बुबा अब्दुल रशीद शौराले दे’शद्रो’ह र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । यसको जवाफमा, शेहलाले ट्वीट गर्दै ति आरोपहरू आधारहीन भएको बताएकी छिन् । उनले आफ्ना बुवाले आफ्नी आमामाथि गलत व्यवहार गरेको पनि आरोप लगाएकी छिन् । शेहलाले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘परिवारमा यस्तो हुँदैन, जस्तो मेरो बुवाले गर्नुभयो ।

उनले मसँगै मेरी आमा र बहिनीमाथि आधारहीन आरोप लगाएका छन् । उनी एक अपमानजनक र कुटिल व्यक्ति हुन्, जसले आफ्नी श्रीमतीमाथि हात हालेका छन् । हामीले अन्ततः उनीविरुद्ध कारबाही गर्ने निर्णय गरेका छौं र यो स्टन्ट त्यसको प्रतिक्रिया हो ।’ शेहलाले आफ्नो बयानमा थप भनिन्, ‘यो पारिवारिक मामला भए पनि हामीमाथि लगाइएको आरोपहरू गम्भीर छन् ।

वास्तवमा, मेरी आमा, बहिनी र मैले मेरो बुबाको विरुद्ध घरेलु कठोर कर्मबिरुद्ध उजुरी अदालतमा हालेका छौं । उनलाई १७ नोभेम्बर २०२० देखि हाम्रो घरमा प्रवेश गर्न निषेध गरिएको छ । म तपाईंहरू सबैलाई अनुरोध गर्दछु कि उनको कुरालाई गम्भिर रूपमा नलिनुहोस् ।’ यस अघि पूर्व विद्यार्थी नेतृ शेहला रशीदलाई उनका बुबाले दे’शद्रो’ह र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका थिए ।

उनले छोरीले राति राति जे गरिरहेकी छिन् त्यसले आफु झस्किएको प्रहरी समक्ष खुलाएका छन् । यसका लागि उनले प्रहरी महानिर्देशकलाई पत्र पनि लेखेका छन् । शेहलाका बुबा अब्दुल रशीदले दाबी गरे कि सन् २०१७ मा उनकी छोरी अचानक कश्मीरको राजनीतिमा आइन् ।

यस अघि उनले नेशनल कन्फरेन्समा भाग पनि लिएकी थिइन् । त्यसपछि उनी जेकेपीएममा छिन् । यो राजनीतिक दल आईएएस अधिकारी शाह फैसलले स्थापना गरेका थिए । अब्दुल रशीदले विधायक इञ्जिनियर रशीद र जुहुर वतालीले उनकी छोरीलाई नयाँ पार्टीमा सामेल हुन झण्डै पाँच करोड रुपैयाँको प्याकेज दिएका थिए ।

उनका अनुसार ईन्जिनियर रशीद र जुहूर वतालीलाई गलत कामका लागि कोष जम्मा गरेको प्रकरणमा पक्राउ गरिएको छ । अब्दुल रशीदले भने कि जून २०१७ मा यी दुई नेताले उनलाई श्रीनगरमा रहेको भटालीको घरमा बोलाए । त्यहाँ उसलाई भनियो कि उनीहरूले नयाँ पार्टी बनाउने छन् र उनकी छोरी पनि त्यसमा थपिने छिन । अब्दुल रशीदले आरोप लगाए कि उनलाई त्यस दिन घटनास्थलमा पाँच करोड रूपैयाँ लिन भनियो तर उनले अस्वीकार गरे ।

त्यसपछि उनकी छोरीलाई सम्पर्क गरिएको थियो । उनले भने, ‘मैले त्यसबेला भनेको थिएँ कि उनलाई (शेहला रशीद) दिने पैसा गलत तरिकाले आएको छ । त्यो पैसा गलत ठाउँमा प्रयोग भइरहेको छ ।’ उनले त्यसपछि उनकी छोरी यी नेताहरूसँग मिलेको बताएका छन् । यो मात्र होइन, उनले जब आफ्नी छोरीलाई उक्त पार्टीमा नलाग्न भने तब उनलाई यस विषयमा चुप लाग्न भनियो ।

उनका अनुसार उनीहरूले पैसा लिएको कुरा भनियो । यी कोषहरू पुग्नुपर्ने ठाउँमा पठाइएको छ । अझ धेरै पैसा आउनेछ भनेर पनि बताइएको थियो । शेहलाका बुबाले आरोप लगाए कि यी सबै पछि पनि उनलाई दुःख दिने गरिएको थियो । धेरै मानिसहरू उनको घरमा आउन थाले । जब उनले यी सबै कुरा गर्न इन्कार गरे, उनलाई चेतावनी आउन थाल्यो ।

अब्दुल रशीद भन्छन् कि उनलाई घरबाट निकाल्ने सम्पूर्ण प्रयास गरिएको थियो । अब ऊ आफ्नो जीवन खतरामा रहेको बताउँदै आएका छन् । वास्तवमा, उनकी छोरी धोकेबाजको साथ मिलेर आफुलाई सिध्याउने खेलमा लागेको उनको गम्भीर आरोप छ ।

जीवन रक्षाका लागि अब्दुल रशीदले प्रहरी महानिर्देशकलाई पत्र लेखेका छन् । यसमा उनले आफ्नो जीवन रक्षाको माग गरेका छन् । महानिर्देशक प्रहरीले आईजी काश्मिरलाई अनुसन्धान गर्न भनेका छन, ताकि वास्तविकता बाहिर आउन सकोस् । उत्ता छोरीले भने बाबुले आफुहरुमाथि लगाएको कुनै पनि आरोप सत्य नभएको बताउँदै आएकी छिन् ।

सम्बन्धित खबरहरु